दिल्लीमा सिक्किमको राज्य दिवस पालन गर्नु सिक्किम र सिक्किमेको भावनासित खेलवाड़ गर्नु होः पवन चामलिङ

IMG-20220522-WA0150.jpg

गान्तोकः सिक्किम सरकारले यस वर्ष पहिलोपल्ट राज्य दिवस राष्ट्रिय कार्यक्रमको रुपमा देशको राजधानी नयाँ दिल्लीमा मनायो जसमा केही केन्द्रीय नेताहरूले पनि सहभागिता जनाएका थिए। तर, अहिले आएर यो एउटा राजनीतिक मुद्दा बन्न पुगेको छ। राज्यको प्रमुख विपक्षी पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्टले राज्य दिवस सिक्किम बाहिर पालन गरेकोमा कड़ा आपत्ति जनाउँदै वर्तमान एसकेएम सरकारको यस निर्णयको घोर विरोध गरेको छ। पार्टी अध्यक्ष तथा पूव मुख्यमन्त्री पवन चामलिङले एउटा प्रेस विज्ञप्ति मार्फत वर्तमान सरकारले यसरी राज्य दिवसलाई राज्य बाहिर पालन गरेर सिक्किमको गौरवलाई समाप्त पार्ने काम गरेको आरोप लगाएका छन्। उनको भनाइअनुसार राज्य दिवस सिक्किम भित्रै पालन गरेर दिल्लीका नेताहरूलाई यहाँ बोलाउनु सक्नुपर्छ, देशलाई नै सिक्किममा ल्याउनु सक्नुपर्छ। के हाम्रो राज्य सिक्किम अपरिचित र अल्प महत्वको हो र राज्य दिवस दिल्लीमा मनाउनु भन्दै उनले प्रश्न तेर्साएका छन्। उल्लेखनीय छ, सिक्किम सरकारले यस वर्षको ४७औं राज्य दिवस चार दिवसीय कार्यक्रमको रुपमा पालन गरेको थियो जसमा पहिलो तीन दिनको कार्यक्रम गान्तोकमा र अन्तिम दिनको कार्यक्रम नयाँ दिल्लीमा आयोजना गरिएको थियो। नयाँ दिल्लीको कार्यक्रममा राज्यपाल गंगा प्रसाद र मुख्यमन्त्री पीएस गोलेले पनि सहभागिता जनाएका थिए। पवन चामलिङको भनाइअनुसार पहिले उनको सरकारकालमा सिक्किममा ठूला ठूला राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू हुने गर्थ्यो जसमा नयाँ दिल्लीबाट प्रधानमन्त्रीदेखि लिएर अन्य नेताहरूको उपस्थिति हुने गर्थ्यो। तर, शपथ ग्रहण नै नयाँ दिल्लीमा गरेका वर्तमान मुख्यमन्त्री पीएस गोलेले भोलीको दिनमा मिन्तोकगाङ्लाई नयाँ दिल्लीमा सार्दा पनि कुनै आश्चर्य हुनैछैन भन्दै उनले कटाक्ष गरेका छन्। चामलिङको भनाइअनुसार वर्तमान सरकारको यस्तो स्वप्नविहीन, युक्तिविहीन र कथित सिक्किम विरोधी निर्णयहरूले भोलीको दिनमा सिक्किमलाई केवल इतिहासको किताबमा पाइनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *