प्रथम नरबहादुर दाहाल स्मृति पुरस्कार युवा लेखक लेखनाथ छेत्रीलाई प्रदान गरिने

IMG-20240907-WA0295

खरसाङ: सुकना साहित्यिक सांस्कृतिक संस्थानले वरिष्ठ साहित्यकार नरबहादुर दाहालको कृति र योगदानलाई सदैव अमर राख्न उनको जन्मदिन तथा पुण्यतिथिलाई केन्द्रित गरी साहित्यकार नरबहादुर दाहाल स्मृति पुरस्कार प्रथमपल्ट युवा सर्जक लेखनाथ छेत्रीलाई उनको फुलाङ्गे उपन्यासको लागि प्रदान गरिने निश्चित भएको छ। विशेष गरी यो पुरस्कार  युवा सर्जकको सर्वश्रेष्ठ कृतिलाई प्रदान गरी उनीहरूलाई साहित्य क्षेत्रमा अझ प्रोत्साहित गर्ने उद्देश्य सुकना साहित्यिक सांस्कृतिक संस्थानको रहेको कुरो संस्थानका साहित्य विभागका सचिव मेघनाथ छेत्रीले जानकारी दिएका थिए। धेरै वर्ष अघिदेखि सुकनामा बसोबासो गरी आफ्ना अतुलनीय साहित्यिक योगदानले सुकनाको नामलाई सधैँ सुनाम गरेका  नरबहादुर दाहालका कारणले सुकना साहित्यिक तीर्थको रुपमा रहेको कुरो स्मरण गर्दै उनको प्रथम पुण्य तिथिलाई केन्द्रित गरी सेप्टेम्बर महिनाको अन्तिम सप्ताह उक्त पुरस्कार प्रदान गर्ने उद्देश्यले सुकना साहित्यिक सांस्कृतिक संस्थानको पहलमा साहित्यिक सचिव मेघनाथ छेत्री र नरबहादुर दाहाल स्मृति पुरस्कार चयन समितिका संयोजक राजा पुनियानीको विशेष सक्रियतामा बितेका दश महिना अघिदेखि पुरस्कार चयन प्रक्रियालाई अघि बढाइएको थियो। यसै क्रममा सन् २०१९ देखि २०२३ सम्म प्रकाशित भएका अधिकतम चालिस वर्षसम्मका भारतीय नेपाली युवा सर्जकद्वारा नेपाली भाषामा लेखिएका कृतिहरूलाई विभिन्न चरणका विज्ञ जुरीहरूद्वारा अध्ययन एवम् मूल्याङ्कन गरी अन्तिम तीनजना जुरीसमक्ष आईपुगेका श्रेष्ठ तीनवटा कृतिको मूल्याङ्कनपछि सर्वश्रेष्ठ कृतिको रुपमा लेखनाथ छेत्रीकृत उपन्यास फुलाङ्गे चयनित भएको कुरो चयन समितिका संयोजक राजा पुनियानीले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement