आरजी करको घटनालाई लिएर फेरि ‘रिक्लेम द नाइट’ हुने

00-1-RG-Kar-Hospital-4

कोलकाता: महिला विरुद्ध बढ्दो अपराधको विरोधमा फेरि एक पटक ‘रिक्लेम द नाइट’ अभियान आयोजना गरिएको छ। ८ सेप्टेम्बरको मध्यरातमा अस्पतालमा भर्खरै दुष्कर्म र हत्या भएका डाक्टरलाई न्यायको माग गर्न हजारौं महिला यो अभियानको तेस्रो संस्करणमा सहभागी हुनेछन्। गत महिनाको १४ तारिखमा ‘रिक्लेम द नाइट’ को पहिलो संस्करणले अत्याधिक प्रतिक्रिया पाएको थियो। त्यसपछि सेप्टेम्बर ४ मा भएको प्रदर्शनको दोस्रो संस्करणमा पनि न्यायको माग गर्दै व्यापक प्रदर्शन भएको थियो। उक्त जघन्य अपराधको एक महिना पूरा भएको सम्झनामा यो पछिल्लो विरोध प्रदर्शन गरिएको हो।

सामाजिक अभियन्ता र अभियानका एक अग्रदूत रिमझिम सिन्हाले भने, ‘शुरुमा हामीले राति केही ठाउँमा महिला भेला हुने सोचेका थियौं तर आन्दोलन व्यापक हुँदै गयो। मानिसहरूले शहर र वरपरका क्षेत्रमा व्यापक प्रदर्शन गरे।‘ रिमझिम सिन्हाले पनि यही अत्याधिक प्रतिक्रियालाई ध्यानमा राख्दै ८ सेप्टेम्बरको मध्यरातमा आयोजना हुने तेस्रो ‘रिक्लेम द नाइट’ आन्दोलनमा ‘जस्टिस फर अभया’ माग गरिने बताए। महिला डाक्टरको हत्याले सिंगो समाजलाई स्तब्ध बनाएको भन्दै श्रद्धाञ्जली अर्पण गर्दै कडा न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको हो। यसपटकको आन्दोलन झनै प्रभावकारी हुने र धेरैभन्दा धेरै मानिस सहभागी भई दुष्कर्म र हत्याका विरुद्ध आवाज उठाउने आशा यस अभियानका आयोजक तथा समाजसेवीहरूले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement