२१ अगस्तः किरण गाउँ खेलकुद संघको तत्त्वावधाना आयोजित इण्डिपेण्डेन्स कप ४० प्लस भेटरन फूटबल टुर्नामेण्टको फाइनलमा जी.जे. भेटरन क्लब र सोनादा भेटरन क्लबबीच भिड़न्त हुनेछ। चटाइधुरा खेल मैदानमा जारी यस टुर्नामेण्टको दोस्रो सेमिफाइनलमा सोनादा भेटरन क्लबले युनाइटेड ब्रदर्स भेटरन दार्जीलिङलाई ३-०-ले पराजित गऱ्यो।

फाइनल म्याच आइतवार (२१ अगस्त) खेलिनेछ।