डा हरिमोहन पोखरेल, कोहिमा
कोहिमा: मणिपुरेली किरात संघले आगामी १७ सेप्टेम्बरबाट सेनापति फुटबल खेल मैदानमा भाग लिन जाने किरात एफसीलाई आर्थिक सहयोग गरेको छ। प्राप्त समाचार अनुसार संघका मूल सचिव राजेन बाह्युङ राइले बताएअनुसार मणिपूरको खेलको इतिहासमा गोर्खालीहरुको भुमिका अति नै ऐतिहासिक रहेको छ। दीपक लिम्बु र नरेन्द्र गुरुङले आउने युवा पिडीहरुका लागि प्रेरणा बनेका छन्। उनले अगाडि थपे कि किरात एफसी केवल किरात समुदायमा मात्रै सीमित नभएर सम्पूर्ण गोर्खा दाज्यु भाइहरुको लागि खुल्ला मंच हो। यो फुटबल क्लब एआईएफएफ र अम्फामा समेत अन्तर्भुक्त रहेको एवं भारत वर्षका विभिन्न फुटबल क्लबहरुमा खेलाडीहरु समेत चयन गराउन सक्ने क्लब रहेको कुरा उनले गरे। उनले अगाडि थपे कि भर्खरै अनुश्का गुरुङको चयन पनि भएको छ। जसमा पनि किरात एफसीको भुमिका रहेको छ। उनले अगाडि थपे कि हाम्रो किरात संघले सानो सहयोग गरेको हो। जसमा खेलप्रेमीहरुको लागि एउटा प्रेरणा बनोस् रहेको छ। आगामी दिनहरूमा संघले सक्दो आर्थिक मानसिक तथा अन्यत्र सहयोग गर्नेछ र इतिहासिक पहल गर्नेछ। यस अवसरमा संघका अध्यक्ष मणिकुमार लिम्बु पनि उपस्थित थिए। स्मरण रहोस् मणिपूरको भूमिमा किरात एफसी हुनु गर्वको कुरा रहेको बताइएको छl










