पेरिस: पेरिस प्यारालम्पिक २०२४-मा भारतलाई पूर्व सैनिकले गौरवान्वित गरे। पुरुषहरूका शट्पुट एफ५७ स्पर्धामा होकाटो होतोजी सीमाले आफ्नो जीवनको सर्वश्रेष्ठ प्रदर्शन गरे। होकाटोले १४.६५ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ काँस्य पदक जिते। यस स्पर्धामा स्वर्ण पदक ईरानका खेलाड़ी यासिन खोसारवीले अनि रजत पदक ब्राजीलका टीपी दोस सान्तोषले जिते। यसको साथै पेरिस प्यारालम्पिकमा भारतले जितेको पदकको संख्या २७ पुग्यो। यसमा ६ वटा स्वर्ण, ९ वटा रजत र १२ वटा काँस्य पदक सामेल छ। भारत अहिले पदक तालिकामा १७औं स्थानमा रहेको छ। स्पर्धाको फाइनलमा रोचक प्रतिस्पर्धा भयो अनि ईरानका खेलाड़ीले १५.९६ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ प्यारालम्पिक खेलहरूमा नयाँ रेकर्ड बनाए। ब्राजीलका खेलाड़ीको सर्वश्रेष्ठ प्रयास १५.०६ मीटरको रह्यो। यस स्पर्धामा भारतका अन्य एक खेलाड़ी सोमन राणा १४.०७ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ पाँचौं स्थानमा रहे।










