किशोरीलाई गर्भवती बनाएर हत्या

IMG-20240907-WA0054

८ महिनादेखि शव वेपत्ता पारेका खत्रीविरुद्ध मुद्दा दर्ता

भद्रपुर: प्रेमको नाटक गरी शारीरिक सम्वन्धको आनन्द उठाएर गर्भ रहेको थाहा पाएपछि प्रेमीकाको हत्या गरेर ८ महिनासम्म समाज र कानुनको नजरबाट बच्दै आएका म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीका २१ वर्षीय प्रेमी राम खत्रीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ।
छिमेकी १९ वर्षीय गर्भवती प्रेमिका मिना परियारको हत्या गरी गाडेको अभियोगमा खत्रीविरुद्ध शुक्रबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको हो। मिना ८ महिनादेखि बेपत्ता थिईन। मिना वेपत्ता हुनमा रामको हात रहेको संकेत देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
खोजतालककै क्रममा गत ११ अगस्तमा जंगलमा गाडेको अवस्थामा मिनाको शव फेला परेको थियो। गिठिनी जंगलमा गंगटा खोज्ने स्थानीयले उनको शव फेला पारेका थिए। शवको वारेमा जानकारी पाएपछि प्रहरीले जमिन जमिन खनेर शव वाहिर निकालेको थियो। तर, तत्काल मृतकको पहिचान हुन सकेन। प्रहरीले ‘सडेगलेको मृत शरीर’ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट पोखरा पु¥याइ १४अगस्तमा पोष्टमार्टम गराएको थियो।
पोष्टमार्टम रिपोर्टले ‘शव महिलाको भएको, धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र पेटमा भ्रुण समेत रहेको’ पुष्टि गरेको थियो। पछि शवसँगै भेटिएको सुनको सिक्रि, कालो सल, चप्पल समेतका कपडाबाट मिनाको परिवारले शवको सनाखत गरेको थियो।
मिनाको शव फेला परेपछि बाबु चन्द्रे नेपाली (परियार)ले १३ अगस्तमा प्रेमी भनिएका छिमेकी राम खत्रीसहित आमा, दाई, भाई र सालासमेत परिवार ५ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिए। सो जाहेरीका आधारमा प्रहरीले प्रहरीले थप अनुशन्धान अगाडि बढाएको थियो।
अनुशन्धानका क्रममा स्थानीय गलेश्वर माध्यामिक विद्यालयमा कक्षा ११ अध्ययनरत परियार र खत्री बीच प्रेम सम्बन्ध देखियो। पटक–पटक यौन सम्पर्क गरेको पनि खुल्यो। मिनाको पेटमा ६ महिनाको गर्भ रहेको खुलेपछि रामले पटक–पटक उक्त गर्भपतन गर्न दबाव दिए। तर, मिनाले नमानेको खुलेको छ। फेसबुक म्यासेन्जरमा भएको कुराकानीबाट यो कुरा खुलेको थियो।
प्रहरीले रामको पोलीग्राफ परीक्षण पनि गराए। परिक्षणमा मिनाको हत्या गरेको खुलेको थियो। त्यसपछि उनी स्वयमले पनि मिनाको हत्या गरी गाडेको स्वीकारेका छन्। बयानमा गर्भपतन गर्न नमानेको र विवाह गर्न जात नमिलेकाले छुरा प्रहार गरी हत्या गरेर शव जंगलमा लगी गाडेको बताएका छन्। मिनालाई बेपत्ता बनाएको अभियोगमा जिल्ला अदालत म्याग्दीको आदेश अनुसार उनी पुर्पक्षका लागि थुनामा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement