भद्रपुर: सामाजिक सञ्जालमा सबैभन्दा धेरै बालेनको फलोअर्स छन्। बालेनको २१ लाख फेसबुकमा फलोअर्स रहँदा ५ लाख १२ हजार ट्विटरमा फलोअर्स छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका १२ लाख फलोअर्स फेसबुकमा हुँदा ५ लाख १२ हजार ट्विटरमा फलोअर्स छन्।
यसैगरी नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा,बाबुराम भट्टराईका १४ लाख फलोअर्स फेसबुकमा रहेका छन् १५ लाख फलोअर्स ट्विटरमा छन्।
त्यस्तै, धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङको ८ लाख ६८ हजार फलोअर्स रहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली फेसबुकमा ५ लाख ९२ हजार फलोअर्स छन् भने ट्विटरमा ८ लाख हजार फलोअर्स छन्।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ५ लाख ७७ हजार फलोअर्स छन् भने ४ लाख १८ हजार फलोअर्स ट्विटरमा छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको २ लाख ६५ हजार फलोअर्स फेसबुकमा हुँदा ट्विटरमा भने ४ लाख ४४ हजार फलोअर्स छन्।









