भोक्राहा नरसिंह गाउँपालिकामा हुलाक सेवा विस्तार

IMG-20240907-WA0055

भद्रपुर: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका भित्र हुलाक कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सुनसरी जिल्ला हुलाक कार्यालय धरानको मातहतमा सञ्चालन हुने यस कार्यालयको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिकाका अध्यक्ष श्री अजमल अख्तर आजादले उपस्थिति जनाउँदै हुलाक सेवाको महत्त्व माथि जोड दिएका छन्। उनले भने “हुलाक सेवा गाउँपालिकाका नागरिकहरूका लागि पत्राचार, कोरियर, र सरकारी सेवाहरूमा सहज पहुँच पुर्याउने एउटा आधारभूत सेवा हो। यसले विशेषगरी ग्रामीण भेगका जनतालाई फाइदा पुर्याउँदै उनीहरूको दैनिक जीवनमा प्रत्यक्ष रूपमा प्रभाव पार्ने बताए। कार्यक्रमका विशिष्ट अतिथि एवम् प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले हुलाक सेवाको महत्व माथि प्रकाश पार्दै भने, “हुलाक कार्यालयको स्थापना मात्र होइन, यसको प्रभावकारी सञ्चालनले सरकारी सेवाहरूको उपलब्धता र पहुँचमा पनि सुधार ल्याउने बताए। हुलाक सेवाले स्थानीय प्रशासन र जनताको सम्बन्धलाई अझ मजबुत बनाउनेमा सहयोग पुर्‍याउने जानकारी दिए। त्यस्तै कार्यक्रमका अध्यक्ष जिल्ला हुलाक कार्यालय सुनसरीका प्रमुख कृष्ण कुमार कार्कीले “एक पालिका, एक हुलाक” कार्यक्रमको महत्वमा चर्चा गर्दै भने, “यस योजनाले देशभरका प्रत्येक पालिकामा हुलाक सेवाको स्थापनालाई प्रोत्साहित गर्दै छ, जसले गर्दा ग्रामीण क्षेत्रहरूमा पनि सरकारी सेवाहरू सहज रूपमा उपलब्ध हुने बताए। उता कार्यक्रममा पालिका उपाध्यक्ष सुनिता कुमारी उराँव, वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, वडा नम्बर ६ का वडाध्यक्ष सेराजुद्विन अंसारी, वडा नम्बर ८ का वडाध्यक्ष भाेला हाजी, कार्यापालिका सदस्यीय जरी खातुन, धर्मनाथ भगत, स्वास्थ्य शाखा प्रमुख हिरा साह, राजश्व शाखा प्रमुख विज्ञान बन्जरा, सहकारी शाखाका किशोर लुइँटेल, राेजगार शाखा पारश केसी लगायतका अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement