मधेसमा पहिलोपटक सरकारी तहबाट एमबिबिएस पढाइ हुने

IMG-20240907-WA0098

भद्रपुर: मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा nशिक्षा आयोगले चिकित्सा शास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ। यो सँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको आरम्भ हुने भएको छ। मधेस प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले नीति तथा कार्यक्रममा प्रतिष्ठानमा एमबिबिएस सञ्चालन हुने कार्यक्रम समाविष्ट गरेका थिए।प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन्। प्रतिष्ठानमा एमबिबिएसको अध्ययन तथा अध्यापन सुरू भएपछि प्रादेशिक राजधानी जनकपुरधाम लगायत मधेस प्रदेशको स्वास्थ्य सेवामा समेत गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ। मुख्यमन्त्री सिंहले एमबिबिएस पठनपाठन सुरू गराउन आवश्यक तयारी तीव्रताका साथ गरी सफलता प्राप्त गरेकामा प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह, रजिस्ट्रार डा. विनोद यादव लगायतका पदाधिकारी तथा कर्मचारीलाई बधाइ दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement