भद्रपुर: मोरङको कानेपोखरी गाउँपालिका ७ कानेपोखरी बजार स्थित इलाका प्रहरी कार्यलय पथरीको टोलिले चेक जाच गर्ने क्रममा बिराटनगर महानगरपालिका ११ बस्ने बर्ष ३७ कि कबिता तामाङ ( ८ महिनाको गर्भवति महिलाको ) को साथबाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १०० ग्राम (१) पोका फेला परेको प्रहरीले जनाएको छ। भारतको अररिया जिल्ला कुवारी बस्ने २४ वर्षिय विकाश सरदारको साथबाट केहि फेला नपरेको प्रहरीले जनाएको हो। हाल दुबै जनालाई नियन्त्रमा लिई इलाका प्रहरी कार्यलय पथरीबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।









