एक महिनामै भित्रियो ३९ करोडको सारी

IMG-20240907-WA0030

भद्रपुर: गएको अगस्त महिनामा ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको सारी नेपालमा आयात भएको छ। गत आर्थिक वर्षको अगस्तको तुलनामा यस वर्षको अगस्तमा १२ करोड रुपैयाँ बढीको सारी आयात भएको भन्सार विभागको तथ्यांक छ। गत आर्थिक वर्षको अगस्तमा २७ करोड ५९ लाख ९५ हजार रुपैयाँको सारी, लुंगी र धोती आयात भएको छ।
नेपालमा सुती र मानवनिर्मित रेसाबाट बनेका सारी, लुंगी र धोती आयात हुने गरेको छ। यो वर्षको अगस्तमा ९ लाख २४ हजार ९ सय ५४ थान सारी, लुंगी र धोती आयात गरिएको भन्सार विभागको तथ्यांक छ। सबैभन्दा बढी सारी भारतबाट आयात भएको हो।
भारतबाट ३९ करोड १६ लाख २४ हजार रुपैयाँ बराबरको ९ लाख १५ हजार १४५ थान सारी, लुंगी र धोती आयात भएको छ। चीनबाट ४१ लाख ११ हजार रुपैयाँको सारी लुंगी र धोती आयात भएको छ। इन्डोनेसिया, बेलायत र अमेरिकाबाट पनि सारी, लुंगी र धोती आयात भएको छ।
गत आर्थिक वर्षमा ३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ बराबरको सारी, लुंगी र धोती आयात भएको थियो। गत वर्ष भारत, चीन, इन्डोनेसिया, अमेरिका, बेलायत लगायत विभिन्न देशबाट सारी आएको थियो। भारतबाट मात्रै ३ अर्ब ४४ करोड ४२ लाख रुपैयाँ बराबरको ७८ लाख ६३ हजार ७९ थान सारी आएको थियो। चीनबाट भने ३ करोड ८१ लाख ९२ हजार रुपैयाँ बराबरको सारी आयात भएको विभागले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement