पेरिस प्यारालम्पिक २२०४: प्रवीण कुमारले एशियन रेकर्डको साथ जिते स्वर्ण पदक

IMG-20240906-WA0250

पेरिस: भारतका प्यारा एथलीट प्रवीण कुमारले पेरिस प्यारालम्पिकमा पुरुषहरूका हाई जम्प टी६४ स्पर्धामा एशियन रेकर्डको साथ स्वर्ण पदक आफ्नो नाम गरे। छोटो खुट्टाको साथ जन्मिएका प्रवीणले ६ जना खेलाड़ीहरूबीच २.०८ मीटरको सीजनको सर्वश्रेष्ठ जम्प लगाएर शीर्ष स्थान हासिल गरे। पेरिस प्यारालम्पिकमा भारतको यो छैटौं स्वर्ण पदक अनि समग्रमा २६औं पदक हो। भारतले ९ वटा रजत र ११ वटा काँस्य पदक पनि जितेको छ। प्रवीणको यो प्यारालम्पिकमा लगातार दोस्रो पदक हो। यसअघि उनले टोक्यो प्यारालम्पिकमा २.०७ मीटरको आफ्नो सर्वश्रेष्ठ प्रयासको साथ रजत पदक जितेका थिए। उत्तर प्रदेशको नोएडा निवासी २१ वर्षीय प्रवीण दिग्गज मरियप्पन थंगवेलुपछि प्यारालम्पिकको पुरुष हाई जम्पमा स्वर्ण पदक जित्ने दोस्रो भारतीय प्यारा एथलीट हुन्। यस स्पर्धामा अमेरिकाका डेरेक लोसिडेण्टले २.०६ मीटरको साथ रजत र उज्बेकिस्तानका तेमरबेक जियाजोवले २.०३ मीटरको जम्पको साथ काँस्य पदक जिते। यसरी प्रवीण पेरिस प्यारालम्पिकमा हाई जम्पमा पदक जित्ने तेस्रो भारतीय बने। यस्घि शरद कुमारले रजत र मरियप्पनले पुरुष टी६३ स्पर्धामा काँस्य पदक जितेका थिए। टी६४ श्रेणीमा ती एथलीटहरूले हिस्सा लिन्छन्, जसको एउटा खुट्टाको तल्लो हिस्सामा मामूली रूपले मूभमेण्ट कम्ती हुन्छ या घुँड़ा मुनि एक या दुवै खुट्टा हुँदैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement