“मुख्यमन्त्रीको भनाई इमानदारीपूर्वक लागूहोस्” भन्ने सिटिजन एक्सन पार्टी कामना

sentinelassam-english_2024-03_5240f6c7-2e2d-4de2-b461-31c59ed40e3c_images___2024_03_28T124243_126

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यस्तरीय शिक्षक दिवसको अवसरमा ‘शिक्षकलाई पाँच सेप्टेम्बर मात्र होइन, वर्षभरि सम्मान दिनुपर्छ’ भनी दिएको भाषणलाई सिटिजन एक्सन पार्टी सिक्किमले स्वागत जनाएको छ।
यसका साथै गर्दछ। साथै सीएपीले मुख्यमन्त्रीको यो भनाई इमानदारीपूर्वक लागूहोस् भन्ने कामना पनि गरेको छ।
सिटिजन एक्सन पार्टी सिक्किमले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, ‘वर्तमान एसकेएम सरकार गठन भएपछि हजारौं शिक्षकहरुको जताभावी भिक्टिमाइज ट्रान्सफर गरिएको सत्यता सबैको आँखा अघि छ।’ सिटिजन एक्सन पार्टी सिक्किमले कथित भिक्टिमाइज भएका शिक्षकहरुलाई ससम्मान उनीहरूको गृह क्षेत्रमा फर्काएर सम्मान दिने काम गरे मात्र मुख्यमन्त्रीको उक्त वक्तव्य सार्थक हुने ठहर गरेको छ।
सीएपी सिक्किमले मुख्यमन्त्रीलाई आफ्नो भाषण व्यवहारमा उतार्न सुझाउ दिॅंदै शिक्षकहरुले न्याय र सम्मान पाउने छन् भनी आशा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement