गान्तोक: केन्द्रिय पूर्वोत्तर क्षेत्रीय विकास (डोनर) मन्त्री ज्योतिरादित्य सिन्धियाले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग राजधानीमा डोनर मन्त्रालय अन्तर्गत राज्यमा जारी विभिन्न विकास योजनाहरू र भावी मार्गचित्रमाथि विस्तृतरूपमा चर्चा गरे।
केन्द्रिय मन्त्री हिजो अबेर राति दुई दिवसीय भ्रमणमा सिक्किम आइपुगेका हुन्।
पत्रकारहरूसॅंग कुराकानी गर्दै केन्द्रिय मन्त्री सिन्धियाले पूर्वोत्तर राज्यहरूको विकासलाई प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा चलिरहेको केन्द्र सरकारले उच्च प्राथमिकता दिएको जानकारी गराए। उनले डोनर मन्त्रालयको परियोजना अन्तर्गत ४,५०० गाउॅंलाई टेलिकम कनेक्टिविटीसॅंग जोड्ने कार्य गरिएको र चॉंडै सम्पूर्ण पूर्वोत्तर क्षेत्रलाई शतप्रतिशत टेलिकम कनेक्टिविटीसॅंग जोड्ने योजना रहेको अवगत गराए।
केन्द्रिय मन्त्रीले सिक्किमको पाकिम हवाई अड्डामा नियमित सेवा सुनिश्चित गर्न ठूला हवाई सेवा कम्पनीहरूसॅंग कुराकानी गर्ने जानकारी गराए। उनले सिक्किमको निम्ति घोषणाहरू गर्दै 70 पलङ क्षमता भएको अस्पताल विकास निर्माण गर्न ६ करोड रूपियॉं, सरकारी मेडिकल कलेजको निम्ति १७० करोड रूपियॉं र नाम्चीको ५०० पलङ क्षमता सम्पन्न अस्पतालमा नयॉं उपकरणहरू खरिद गर्न सहायता गर्ने घोषणा गरे।
यसैगरी, मुख्यमन्त्री प्रेमसिंह तामाङले गत हप्ता दिल्लीमा केन्द्रिय मन्त्री सिन्धियासॅंग भेट भएको जानकारी गराए।
केन्द्रिय मन्त्रीले आज डोनर मन्त्रालय अन्तर्गत राज्यमा जारी विभिन्न परियोजनाहरूको समीक्षा गरे। उनले सिक्किमको विकासको निम्ति मन्त्रालयको तर्फबाट तर सम्भव सहयोग प्रदान गर्ने आश्वासन दिए।











