राष्ट्रिय पोषण माह अन्तर्गत आज नागामा पोषण माह आयोजित

n6298383631725644216137d381e9337d0ce9b317339772aa076ef3aa4a60d10b5d3933df900b6266013a4a

मंगन: राष्ट्रिय पोषण माह अन्तर्गत आज नागामा महिला एवं बाल विकास विभागले पोषण माह आयोजन गऱ्यो। सेप्टेम्बरको महिनालाई राष्ट्रिय पोषण माह भनी तोकिएको छ, जसको उद्देश्य छ वर्षभन्दा कम उमेरका नानीहरू, गर्भवती महिला र स्तनपान गराइरहेकी महिलाहरूमा कुपोषणको रोकथाम गर्नु रहेको छ।
सातौं चरणको पोषण माहमा एनिमिया रोकथाम, वृद्धि अनुगमन, सुशासन र प्रविधिको माध्यमद्वारा प्रभावकारी सेवा प्रवाह र पूरक पोषणमाथि ध्यान केन्द्रित गर्ने बताएको छ। आज आयोजित कार्यक्रममा विशेषगरि गर्भवती र स्तनपान गराइरहेकी महिलाहरूमा कुपोषणबारे जागरूक गराइयो।
कार्यक्रममा आईसीडीएसकी सीडीपीओ एवं उप निदेशक सोनाम लाडेन लाचुङ्गपा, पोषण निरीक्षक सोनाम नामग्याल भोटिया, पर्यवेक्षक थुप्देन लेप्चा लगायत आंगनवाडी कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा छेउछाउको विभिन्न गाउॅंका महिलाहरू र नानीहरू सहभागी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement