विधायक प्रधानले गरे रोकडाँड़ा प्राइमेरी स्कूलको उदघाटन

IMG-20240906-WA0256

सदाम: बिहीबारको दिन दक्षिण सिक्किमको मल्ली समष्टी अन्तर्गत सदामस्थित रोकडाँड़ामा अवस्थित नवनिर्मित रोकडाँड़ा प्राइमेरी स्कूलको उदघाटन क्षेत्र विधायक तथा कृषि अनि वागवाणी विभागका सल्लाहकार एन.बी. प्रधानले गरे। हिजो ५ सेप्टेम्बर शिक्षक दिवसको अवसरमा आयोजित कार्यक्रममा स्कूलको निम्ति जमीनदान गर्ने जमीनदाता पेण्डूप लेप्चालाई मुख्य अतिथि विधायक एनबी प्रधानको बाहुलीबाट अभिनन्दन जनाइयो भने स्कूल कमिटिले क्षेत्र विधायक प्रधानलाई पनि अभिनन्दन जनाएको थियो । यस नवनिर्मित स्कूल उदघाटन समारोहमा मुख्य अतिथिको आसनबाट बोल्दै क्षेत्र विधायक एनबी प्रधानले शिक्षकहरूमा नानीहरूलाई पढाउनको साथसाथै समाज सेवाको भावना हुनुपर्ने कुरामा जोर दिए। उनले स्कूल भनेको गाउँलेहरूको आफ्नो सम्पत्ति हो भन्दै यसको देखभाल तथा सुरक्षा गर्नुपर्छ भनी सुझाउ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement