नवनिर्वाचित अध्यक्ष पास्टर पिङ्कु तेञ्जिङ लेप्चालाई भव्य स्वागत

IMG-20240906-WA0253

रम्फू: यूनाइटेड क्रिस्च्यन वेलफेयर सोसाइटी अफ् सिक्किम (यूसीडब्ल्यूएसएस) का नवनिर्वाचित अध्यक्ष पास्टर पिङ्कु तेञ्जिङ लेप्चालाई आज यहाँको टुरिस्ट गेस्ट हाउसमा ख्रिष्टिय समुदायका सदस्यहरूद्वारा भव्य स्वागत जनाइयो। पास्टर लेप्चालाई स्वागत जनाउ्न राज्यका चारै जिल्लाबाट व्यापक सङ्ख्यामा विभिन्न गिर्जाघर र मण्डलीका सदस्यहरू रम्फूमा उपस्थित थिए। उल्लेखनीय छ, यूसीडब्ल्यूएसएस-को अध्यक्ष पदको चुनाउ गत २६ अगस्तको दिन भएको थियो जसमा बहुमतले विजयी बनेर पास्ट रिङ्कू तेञ्जिङ लेप्चा यस संस्थानका नवौं अध्यक्ष चुनिएका थिए।
चुनाउको समय पारिवारिक कारणले राज्य बाहिर रहेका पास्टर रिङ्कू तेञ्जिङ लेप्चा आज सिक्किम फर्केका हुन्। यसरी घर फर्कने क्रममा राज्यभरिका ख्रिष्टीय समुदायका सदस्यहरूले रम्फूमा उनलाई खदामाला गरेर स्वागत जनाए। यस अवसरमा पास्टरको निम्ति विशेष प्रार्थना पनि गरियो। यसरी आफूलाई स्वागत जनाउन उपस्थित भएका जनभेलालाई छोटो सम्बोधन गर्दै पास्टर लेप्चाले सबै प्रति आभार व्यक्त गरे। संस्थाको चुनाउ एउटा औपचारिकता मात्र हो भन्दै सबै मिलेर ख्रिष्टीय समुदाय साथै सम्पूर्ण राज्य र राज्यवासीको हितमा काम गर्नुपर्ने कुरामा उनले जोर दिए। पछि पत्रकारहरूसित कुराकानी गर्दै पास्टर रिङ्कू तेञ्जिङ लेप्चाले राज्यमा ईसाई धर्म अनि ख्रिष्टीय समुदायको संरक्षण र उत्थानको दिशामा राज्य सरकारबाट प्राप्त सहयोगको सराहना गर्दै सरकारप्रति आभार व्यक्त गरे। राज्य सरकारले सबै धर्म र समुदायलाई बराबर महत्व दिने गरेको जसको एउटा उदाहरण आज आफूलाई ख्रिष्टीय समुदायद्वारा राज्यको प्रवेशद्वारमा भव्य स्वागत गर्ने खुल्ला माहौल पाउनु रहेको उनले बताए। रम्फूमा स्वागत कार्यक्रमपछि पास्टर रिङ्कू तेञ्जिङ लेप्चालाई बाइकर र मोटर ऱ्याली निकालेर गान्तोकको डेभलपमेन्ट एरियास्थित ओमेगा चर्चामा ल्याइयो जहाँ उनलाई एउटा कार्यक्रमबीच यूसीडब्ल्यूएसएस-को अध्यक्षको प्रमाणपत्र विधिवत रुपमा हस्तान्तरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement