गान्तोक: यहाँको पाल्जोर स्टेडियममा सिक्किम फूटबल एसोसिएशन (एसएफए) द्वारा सन्चालित ए डिभिजन एस लीगको आज खेलिएको दोस्रो म्याचमा झ्याउला भयो। कुमार स्पोर्टिङ र आक्रमण एफसी बीच खेलिएको म्याचमा अम्पायरको एउटा निर्णयमा आक्रमण एफसी-ले असन्तुष्टी जाहेर गर्दा यो झ्याउला सिर्जना भएको हो जसको कारण खेल पूरा हुन सकेन।
झ्याउला खेलको दोस्रो हाफको १० मिनट पछि शुरु भएको हो। त्यस समय कुमार स्पोर्टिङले एक गोलको अग्रता प्राप्त गरेको थियो। एसएफ-ले जानकारी गराएअनुसार भोलि दुवै क्लबका अधिकारीहरूको एसएफए-को तक्निकी समिति र रेफरी कमिटीसँग फूटबल हाउसमा बैठक बस्नेछ। बैठकमा समस्याको समाधान निकाल्ने प्रयास गरिने बताइएको छ। दिनको पहिलो म्याच ब्रदरहुड एफसी र जीएचएससी बीच भएको थियो जसमा ब्रदरहुड एफसी शुन्यको विरुद्ध एक गोलले विजयी बन्यो।











