सिलगढी: राज्यको स्वास्थ्य विभागले दार्जिलिङ जिल्लाका सबै नशा मुक्ति केन्द्रका मालिकहरूसँग बैठक गरेको छ। उक्त बैठक आज सिलगढीस्थित स्टेट गेस्ट हाउसमा भएको थियो। लाइसेन्स नभएका नशा मुक्ति केन्द्रहरु धेरै छन्। ती नशा छुटकारा केन्द्रका सञ्चालकलाई लाइसेन्सको जानकारी दिइएको थियो। यसका साथै स्वास्थ्य विभागका अधिकारीहरुसँग पनि धेरै विषयमा छलफल भएको थियो। नशा मुक्ति केन्द्रका सञ्चालकहरुलाई लाइसेन्स कसरी लिने भन्ने बारे जानकारी समेत दिइएको थियो। बैठकमा करिब ५० जना नशामुक्ती केन्द्र सञ्चालकको उपस्थिति रहेको बताइएको छ।











