नक्सलबारीमा बाइसनकाे त्रास

Capture3-3

नक्सलबारी: बाइसन वा जंगली भैंसी घना जङ्गलबाट निस्केर आवासीय क्षेत्रमा प्रवेश गरेको कारण नक्सलबारीको पहाडगुमिया चिया बगानमा चिया मजदुरमा आतंक देखिएको छ।बागडोग्रा आरक्षित वन क्षेत्रबाट आज बिहान पहाडगुमिया क्षेत्रमा बाइसन प्रवेश गरेको बताइएको छ। यो खबर फैलिने बित्तिकै उक्त क्षेत्रमा त्रास फैलिएको थियो। सूचना पाएलगत्तै खरसाङ वन विभागका एडीएफओसहित बागडोग्रा, टुकुरियाझार र घोषपुकुर रेन्जका वन कर्मचारी र सुकना टोली उक्त क्षेत्रमा पुगेर बाइसनलाई दिनभर निगरानीमा राखिएको थियो। वनकर्मीहरुले बाइसन वा जंगली भैंसीलाई जंगलमा फिर्ता पठाउने प्रयास गरिरहेका छन्। खरसाङ वन विभागका एडीएफओ राहुलदेव मुखर्जीले बागडोग्रा वन क्षेत्रबाट पहाडगुमिया क्षेत्रमा बाइसन प्रवेश गरेको बताए। यसैबीच, पूरै क्षेत्रमा वन कर्मचारी तैनाथ गरिएको छ र बाइसनलाई जंगलमा फर्काउने प्रयास भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement