गोरुबथान (निस): विगत शुक्रबारको दिन अनुज्ञालय एवं राइजिङ स्टार चिल्ड्रेनस् क्लबको सयुक्त रूपमा “विश्व फोटोग्राफी दिवसको अवसरमा इम्पेक्ट अफ भिज्युल मिडिया इन सोसियल रिफम्स नामक शीर्षकमा छोटो कार्यशालाको आयोजना गरिएको थियो।कार्यक्रमलाई शुरू गर्दै पिएलभी राजु सार्कीले विश्व फोटोग्राफी दिवस बारे छोटकरीमा जानकारी गरेका थिए। यस कार्यक्रमका मुख्य श्रोता फोटोग्राफर प्रवेश राईले फोटोग्राफीको इतिहास, क्यामेराको प्रयोग गर्ने तरिका एवं समाजमा कसरी विज्युल मिडियाको प्रभाव पारिरहेको छ सो बारे बताए। युएनसीआरसी- को गठनमा लुइस विकेश हिनद्वारा लिएको बाल मजदुरको फोटोहरुले कसरी विश्वलाई बाल अधिकार एवं सुरक्षाको बारेमा सोच्नु मजबूर गरेको विषयमा पनि साझा गरे। नानीहरुलाई विज्युल मिडियाको परिवर्तनबारे २०१५-मा ढुकुर एवं मायालु बस्ती माझको काब्र खोल्चामाथि कसरी सरकारले पुल निर्माण गरेको थियो उज्ज्वल राई बताए। कार्यक्रमलाई अन्त गर्दै बिमल राई धन्यबाद ज्ञापन गरेका थिए।