सिलगढीमा छात्रा बलात्कार र हत्या प्रकरणः आरोपी अब्बासको सजाय फेरि स्थगित, भोलि आउने निर्णय

Capture5-3

सिलगढी: सिलगढीको माटिगडामा एक नाबालिग छात्राको बलात्कारपछि हत्या गरेको अभियोगमा अभियुक्त मोहम्मद अब्बासको सजाय फेरि एकपटक स्थगित भएको छ।उल्लेखनीय छ, २१ अगस्त २०२३ मा माटिगडामा एक नाबालिग छात्रालाई सुनसान ठाउँमा लगेर बलात्कार गरी ढुंगाले हानेर हत्या गरिएको थियो। घटना भएको राती माटिगडा पुलिस थानाले मोहम्मद अब्बासलाई पक्राउ गरेको थियो। त्यसपछि जनवरीदेखि अदालतमा मुद्दाको सुनुवाइ सुरु भयो। न्यायाधीशले बुधबार मोहम्मद अब्बासलाई दोषी ठहर गरेका हुन्।
आज सजायको घोषणा हुने थियो। अदालतको फैसलालाई लिएर बिहानैदेखि नगरवासीको नजर थियो। तर आज पनि सजायको घोषणा भएको छैन। आज सरकारी वकिलले अभियुक्तलाई मृत्युदण्ड दिन अदालतमा निवेदन दिएका छन्। सजायको मिति भोलि तोकिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement