महानदी उच्चत्तर माध्यमिक विद्यालयमा शिक्षक दिवससितै बिदाई समारोह सम्पन्न

IMG-20240906-WA0232

खरसाङ: महानदी उच्चत्तर माध्यमिक विद्यालयमा शिक्षक दिवससितै अवकाशप्राप्त शिक्षक अशोक विश्वकर्मको बिदाई समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रम प्रधान अध्यापक महेन्द्र छेत्रीको अध्यक्षता सम्पन्न भएको छ भने विशेष अतिथिको रूपमा समाजसेवी सूर्यनारायण प्रधान उपस्थित रहेका थिए। कार्यक्रममा शिक्षक दिवसको रूपमा सर्वपल्ली डा. राधाकृष्णनको तस्वीरमा धुप दिप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गर्दै पालन गरिएको छ। कार्यक्रममा विद्यालयको पाँचौदेखि बाह्रौं श्रेणीसम्मको विद्यार्थीहरू र शिक्षक शिक्षिकाहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा विद्यार्थीहरूले गीत, कविता, नृत्य प्रस्तुत गरेका थिए भने सामुहिक गीत र सामुहिक नृत्य पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा महानदी हाई स्कूलको अवकाशप्राप्त शिक्षक अशोक विश्वकर्मको बिदाई समारोह सम्पन्न भएको छ। कार्यक्रममा अवकाशप्राप्त शिक्षक अशोक विश्वकर्मलाई शिक्षकहरूका पक्षमा उपहार साथै स्मृति चिन्ह प्रदान गरिएको छ। शिक्षक अशोक विश्वकर्मले सन् २०१९ देखि महानदी उच्चत्तर माध्यमिक विद्यालयमा कार्य गर्दै आईरहेका थिए। उनी त्योभन्दा अघि आरएन सिन्हा स्कूल सिपाहीधुरामा कार्यरत् थिए। महानदीमा उनले साढे पाँच वर्ष जति कार्य गरेर गत ३१ अगस्त २०२४ देखि अवकाशप्राप्त भएका थिए। कार्यक्रममा प्रधान अध्यापक महेन्द्र छेत्रीले शिक्षक अशोक विश्वकर्मले स्कूलमा दिएको योगदान र उनको विभिन्न कार्यहरू विषयमा बताएका थिए। उनले शिक्षक अशोक विश्वकर्म शिक्षक मात्र नभएर साहित्यकार, नाटककार, संगीतकार रहेको र उनको योगदानहरू विषयमा जानकारी गराएका थिए। त्यसरी अवकाशप्राप्त शिक्षक अशोक विश्वकर्मको अवकाशप्राप्त जीवन र सुस्वस्थ्यको कामना पनि गरेका थिए।

कार्यक्रममा बिदाई शिक्षक अशोक विश्वकर्मले विद्यार्थीहरूलाई सम्बोधन गर्दै राम्रोसितले पढ्नु र स्कूलको नाक राख्नु भनी बताएका छन्। उनले विद्यार्थीहरूलाई शिक्षाको महत्व बुझाउँदै सबैले राम्रोसितले शिक्षार्जन गर्ने आह्वान् गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement