लङ्भ्यु चियाबारीमा भएको घटनाको गोर्खाल्याण्ड एक्टिभिस्ट समूहद्वारा कड़ा शब्दमा भर्त्सना

IMG-20240906-WA0218

खरसाङ: खरसाङको लङ्भ्यु चियाबारीमा हिजो भएको घटनाको गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले कड़ा शब्दमा निन्दा गर्दै दोषीहरूलाई पुलिस प्रशासनले पक्राउ गरेर कानुनी कार्वाही गरिनुपर्छ भनी मांग गरेका छन्। गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको पक्षबाट डीपी प्रधानले आज एक भिडियो जारी गर्दै हिजो लङ्भ्यु चियाबारीमा श्रमिकहरूले आफ्नो हक र अधिकारको लागि साथै बगानलाई पनि बचाउन गणतान्त्रिक ढंगमा आन्दोलन गरिरहेको बताएका छन्। उनले हिजो श्रमिकहरूले त्रिपक्षीय वार्ताको लागि सर सल्लाह गरिरहेको समयमा बदमासहरूले निर्दोष रहेका युनियनका नेतृत्वमाथि साथै महिला श्रमिकमाथि कुटपीट र हातापाईको जानकारी प्राप्त भएको भन्दै यस घटनाको गोर्खाल्याण्ड एक्टिभिस्ट समूहद्वारा कड़ा शब्दमा निन्दा गर्दछ भनी बताएका छन्। डीपी प्रधानले नारीमाथि भएको घटना घृणित र निन्दनीय रहेको साथै यस्ता घटनाले आन्दोलनरत् श्रमिकहरूको मनोबल कम हुने अनि मालिकलाई टेवा पुग्ने हुनाले यस्ता घटनाको गोर्खाल्याण्ड एक्टिभिस्ट समूहद्वारा घोर विरोध र भर्त्सना जनाउने बताएका छन्। उनले लङ्भ्यु चियाबारीको श्रमिकहरूले दैनिक हाजिरा, वेतन, पीएफ, ग्राजुएटी सबै लगाएर जम्मा १७ करोड़ रूपियाँ पाउनु पर्ने रहल रकम रहेको बताउँदै श्रमिकहरूको पक्षमा गोर्खाल्याण्ड एक्टिभिस्ट समूह सदैव साथ रहने र श्रमिकहरूको पक्षमा उँभिने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement