खरसाङ महकुमा कार्यालय स्तरीय फुटबल टुर्नामेन्ट: खरसाङ पुलिस र आकाशवाणी खरसाङ फाईनलमा प्रवेस

IMG-20240906-WA0211

खरसाङ: खरसाङ महकुमा कार्यालय स्तरीय फुटबल टुर्नामेन्टको फाइनलमा खरसाङ पुलिस र आकाशवाणी खरसाङ पुग्न सफल बनेको छ। खरसाङ फुटबल एसोसिएशनको आयोजनामा गत २४ अगस्तदेखि खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको कार्यालय स्तरीय महकुमा फुटबल टुर्नामेन्ट अन्तर्गत आज दुईवटा सेमी फाईनल खेल सम्पन्न भएको छ। पहिलो सेमी फाइनल खेल खरसाङ पुलिस र विद्युत विभाग खरसाङमाझ सम्पन्न भएको थियो। यस खेलमा विशेष गरेर खरसाङ पुलिस क्वाटर फाइनलमा एयर फोर्स बाघगौरासित पराजित भए पनि एयरफोर्स डिसक्वालिफाई बनेपछि आज खरसाङ पुलिस र विद्युत् विभागमाझ खेल सम्पन्न भएको थियो। यस खेलमा खरसाङ पुलिसले विद्युत विभागलाई ३-० को अन्तरले सजिलै पराजित गरी फाइनलमा प्रवेस गरेको छ।

आज भएको दोस्रो सेमी फाइनल खेल प्राथमिक स्कूलको एसआई कार्यालय खरसाङ र आकाशवाणी खरसाङमाझ खेल सम्पन्न भएको थियो। यस खेलको पहिलो हाफमा आकाशवाणीको तर्फबाट नर्बु छिरिङलो गोल गरेर खेलमा बढ़त बनाएको थियो। दोस्रो हाफको खेल शुरु हुनसाथ एसआई कार्यालयको तर्फबाट बीरेन्द्र राईले गोल गरेर खेल बराबरीमा ल्याएको थियो। दोस्रो हाफको खेल बराबरीमा रोमाञ्चक बनेको थियो। यस क्रममा आकाशवाणी तर्फबाट फेरि अर्को गोल नर्बु छिरिङले गरेर खेल २-१ बनाएका थिए। त्यसको लगत्तै आकाशवाणीको पक्षबाट प्रयास सार्कीले पनि गोल गरेर खेल ३-१ को बढ़त बनाएका थिए। खेलको अन्तिमसम्म एसआई कार्यालयले धेरैपटक गोल गर्ने कोशिष गरिरहे पनि अन्त्यमा खेल ३-१ को अन्तरले जित्दै आकाशवाणी खरसाङ फाइनलमा प्रवेश गरेको छ। अब आगामी ८ सेप्टेम्बरमा हुने फाइनलमा आकाशवाणी खरसाङ अनि खरसाङ पुलिसमाझ उपाधिको लागि खेल हुने भएको छ।

आजको खेलमा मुख्य अतिथिको रूपमा समाजसेवी टीटी लामा उपस्थित रहेका थिए। आजको दुईवटा सेमी फाईनल खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले खरसाङ फुटबल एसोसिएशनको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा गत २४ अगस्तदेखि खरसाङ महकुमा कार्यालय स्तरीय फुटबल टुर्नामेन्टको आयोजना भईरहेको र यसै क्रममा आज दुईवटा सेमी फाईनल खेलहरू सम्पन्न भएको जानकारी गराएका छन्। उनले आज पहिलो खेल खरसाङ पुलिसले जितेर फाईनलमा प्रवेस गरेको बताउँदै यद्यपि पुलिस गत क्वाटर फाइनलमा एयरफोर्स बाघगौरासित पराजित भए पनि एयरफोर्सको टिममा चारजना खेलाडीहरू बाहिरको रहेको भनेर पुलिसले विरोध जनाएपछि आयोजक समितिले चारजना खेलाड़ीहरूको परिचय बुझाउने मांग गरिएको थियो। तर आयोजक समितिले तोकेको समयमा सठीक रुपमा चारजना खेलाडीहरूको परिचय नआएपछि एयरफोर्स डिसक्वालिफाई भएकोले पुलिस टिमले सेमी फाईनलमा खेल्न पाएको जानकारी गराएका छन्। उनले बताए अनुसार अर्को सेमी फाइनल खेलमा आकाशवाणी खरसाङले एसआई कार्यालय खरसाङलाई ३-१ को अन्तरले पराजित गरी फाइनलमा प्रवेस गरेको र फाईनल खेल आगामी 8 सेप्टेम्बरको दिन सम्पन्न हुने भएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement