सिलगढी: आरजी कर घटनालाई लिएर भाजपाले आज पूरै राज्यमा चक्का जाम कार्यक्रमको आयोजना गरेको छ। यसै सन्दर्भमा आज भाजपा समर्थकहरूले राज्यभर सडक अवरुद्ध गरिरहेका छन्। सिलगढीमा पनि सडक अवरुद्ध भइरहेको छ। आज सिलगढीको हाश्मी चोकमा भाजपा समर्थकहरूले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन्। यस विरोध प्रदर्शनमा भाजपा विधायक शंकर घोष, सह-अध्यक्ष नान्टु पालसहित भाजपा कार्यकर्ता र समर्थकहरू ठूलो संख्यामा उपस्थित थिए। सो क्रममा भाजपा समर्थकहरुले टायर बालेर चर्को विरोध गरेका थिए। महिला डाक्टरमाथि भएको अत्याचारको विरोधमा र न्यायको माग गर्न यो सडक अवरुद्ध गरिएको भाजपा नेताहरूले बताएका छन्। यससँगै भाजपाले मुख्यमन्त्री ममता ब्यानर्जीले जतिसक्दो चाँडो राजीनामा दिनुपर्ने माग गरेको छ। यससँगै राज्यमा भएको भ्रष्टाचारको विरोधमा पनि यो नाकाबन्दी गरिएको हो।










