सिलगढी: आज सिलगढीमा पनि भाजपाले सडक अवरुद्ध गरेको छ। आरजी कर घटनालाई लिएर आज भाजपाको चक्का जाम कार्यक्रम गरियो। यस शृङ्खलामाभाजपा विधायक शिखा च्याटर्जीले आफ्ना कार्यकर्ता समर्थकहरूसँग सिलगढी तीनबत्ती मोडमा स्टेट रोड नम्बर ३१ लाई अवरुद्ध गरेर विरोध प्रदर्शन गरिन्। पीडितलाई न्याय, भ्रष्टचारीलाई पक्राउ गर्न र मुख्यमन्त्रीको राजीनामा माग गर्दै राज्यभर नाकाबन्दी गरिएको उनले बताइन्। उनले राज्यमा हुने महिला असुरक्षा र आरजी कर अस्पताल घटनाविरुद्ध आन्दोलन जारी राख्ने बताइन्।












