आरजी करको घटनालाई लिएर जलपाईगढीमा सडक अवरुद्ध

IMG-20240906-WA0142

जलपाईगढी: आरजी कर अस्पतालमा महिला डाक्टरमाथि भएको निर्ममतापछि जनताको आक्रोश रोकिएको छैन। देशैभर जनताले आआफ्नै तरिकाले विरोध गरिरहेका छन्। जलपाईगढीमा पनि लगातार विरोध प्रदर्शन भइरहेको छ। यसै सिलसिलामा भारतीय जनता पार्टीको धुपगढी विभाग स्टेशन शालबारी अन्चल समितिको तर्फबाट ठूलो संख्यामा महिलाहरुको उपस्थिति रहेको थियो र घटनाको विरोधमा सडक अवरुद्ध गरी न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको थियो।

यस सम्बन्धमा भाजापा नेता अग्नि रायले आरजी कर अस्पतालमा जसरी महिला डाक्टरको दुष्कर्म र हत्याको घटना घटेको छ, त्यसमा दोषीलाई तुरुन्तै पक्राउ गर्नुपर्छ भन्ने आफ्नो माग रहेको बताए। उनले भने, ‘मुख्यमन्त्री ममता बनर्जीले राजीनामा दिनुपर्छ।‘ धुपगढी राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा केहीबेर यातायात अवरुद्ध भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement