केन्द्रिय जनजाति मामिला राज्य मन्त्री र मुख्यमन्त्रीकाे भेट

IMG_20220820_235131.jpg

गान्तोक: केन्द्रिय जनजाति मामिला राज्य मन्त्री रेणुका सिंहले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मिन्तोकगाङस्थित उनको सरकारी आवासमा भेट गरिन्। उनको साथमा सिक्किम सरकारका मन्त्री डा. एमके शर्मा पनि उपस्थित थिए।

यस भेट अवधि मुख्यमन्त्री र केन्द्रिय राज्य मन्त्रीबीच जनजाति समुदायसित सम्बन्धित विभिन्न केन्द्रिय र राज्य सरकारका योजनाहरूको विषयमा चर्चा भयो। केन्द्रिय राज्य मन्त्रीले सिक्किममा जनजाति समुदायको कल्याणका लागि उठाइएका कदमहरूको सराहना गरिन्।

मुख्यमन्त्री तामाङले केन्द्रिय राज्य मन्त्रीको सिक्किम भ्रमणप्रति कृतज्ञता व्यक्त गरे। यस अवसरमा मुख्यमन्त्रीका सचिव, सामाजिक कल्याण विभागका सचिव र अन्य अधिकारीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement