मालदा: पश्चिम बंगाल-बिहार सीमामा एकपटक फेरि भीषण हिंसा भएको छ। बजारबाट फर्किएका एक व्यापारीमाथि गोली प्रहार भएको छ। गोली कम्मरको देब्रे छेउबाट निस्केको छ। व्यापारी घटनास्थलमै रगतपच्छे भएका थिए। व्यापारी मोटरसाइकलमा जाँदै गर्दा गोली प्रहार हुँदा उनका छोरा पनि उनीसँगै थिए। बाबुलाई अस्पताल लगियो। घटनाको खबर पाएलगत्तै आईसीको नेतृत्वमा ठूलो संख्यामा पुलिस घटनास्थलमा पुग्यो। घटना मालदा जिल्लाको हरिश्चन्द्रपुर थानाको कुशीदा ग्राम पञ्चायतको वारी गाउँमा भएको हो। गोली लागेका व्यापारीको नाम सचिन पोद्दार (५८) बतैएको छl उनी हरिश्चन्द्रपुर थानाको कस्तुरिया इलाकामा बस्छन्। उनको हाल हरिश्चन्द्रपुर ग्रामीण अस्पतालमा उपचार भइरहेको छ। जानकारी अनुसार वारी क्षेत्रमा बजार थियो। सचिन त्यही बजारमा गएका थिए। उनका छोरा भोला पोद्दार पनि उनीसँगै थिए र साँझ बजार सकिएपछि मोटरसाइकलमा फर्किरहेका थिए। त्यतिबेला मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनलाई पछ्याइरहेका थिए। स्थानीय इँटाभट्टा नजिकैको सडकमा गोली चलाइएको थियो। हरिश्चन्द्रपुर थानाका आईसी मनोजित सरकारको नेतृत्वमा ठूलो संख्यामा पुलिसको टोली घटनास्थलमा पुगेर विभिन्न सडकको सीसीटीभी फुटेज जाँच गरिरहेको छ। व्यक्तिगत दुश्मनी वा लुटपाट लक्ष्य रहेकको अनुमान गरिएको छ। पुलिसले अनुसन्धान शरु गरेको छ। तर, उनको कसैसँग शत्रुता नभएको पारिवारिक स्रोतले जनाएको छ। यसमा बिहारको संलग्नता हुन सक्ने पुलिसको प्रारम्भिक अनुमान छ।











