पशुपतिनाथ मन्दिरमा तीजको रौनक

IMG-20240906-WA0168

भद्रपुर: तीज पर्वको अवसरमा पशुपति मन्दिर परिसरमा दर्शनार्थीको सेप्टेम्बर ६ तारिख शुक्रबार बिहानैदेखि भिड लागेको छ। अघिल्लो रातिदेखि परेको अविरल वर्षातका कारण दर्शनार्थीको संख्या केही पातलिए पनि झरी थामिएसँगै भीड बढेको छ।
हरितालिका तीजका अवसरमा छिटो र सहज ढंगले पशुपतिमा पूजा–अर्चना गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
दर्शनार्थीको सहजताका लागि बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो। पशुपतिको मन्दीर प्रांगण पुग्नका लागि चारतिरबाट रूट तय गरिएको छ।
एउटा गौरीघाट–उमाकुण्ड– दक्षिणामूर्ति–रुद्रगाडेश्वर– वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण वृत्ता चप्पलकक्षबाट जत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइए छ।
त्यस्तै मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शकराचार्यमठ दक्षिण हुदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ।

पिंगलास्थानबाट बनकाली, चारशिवालय–पञ्चदेवलपूर्व–बजघर–दक्षिण ढोकासम्मको लाईनलाई चौसट्टी सानोढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्वदक्षिण निमर्माण गरिएको जुत्ता–चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement