करियरमा ९०० गोल गर्ने पहिलो फूटबलर बने रोनाल्डो

IMG-20240906-WA0130

लिस्बन: पाँचपल्टका बेलोन डीओर विजेता क्रिस्टियानो रोनाल्डोले क्रोएशियाविरुद्ध यूएफा नेशन्स लीगको म्याचमा एउटा विशेष उपलब्धि हासिल गरे। उनी आफ्नो करियरमा ९०० गोल गर्ने पहिलो पुरुष फूटबल खेलाड़ी बने। म्याचमा पोर्तुगलले क्रोएशियालाई २-१-ले पराजित गऱ्यो। रोनाल्डोले म्याचको ३४औं मिनटमा टीमको निम्ति दोस्रो गोल गर्नको साथै रेकर्ड बुकमा आफ्नो नाम दर्ता गराए। रोनाल्डोले नूनो मेण्डेसको क्रसमा गोल गरे। पोर्तुगलको तर्फबाट यो उनको १३१औं गोल हो। गोलको खुशीयाली मनाउँदा रोनाल्डोलाई भावुक देखियो। उनले आफ्नो करियरमा गरेको ९०० गोलमा ३११ वटा त रियल म्याड्रिडबाट खेल्दै गरेका छन्। रहल गोलहरू (अन्तर्राष्ट्रिय म्याच छोड़ेर) स्पोर्टिंग लिस्बन, म्यानचेष्टर युनाइटेड, युभेण्टस र वर्तमान क्लब अल नस्रबाट गरेका छन्। उनले स्पोर्टिंग लिस्बनबाट ३, म्यानचेष्टर युनाइटेडबाट १०३, रियल म्याड्रिडबाट ३११, युभेण्टसबाट ८१ र अल नस्रबाट ५१ गोल गरेका छन्। यसरी उनले पोर्तुगलको तर्फबाट आयु वर्गमा पनि धेरै गोल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement