नशालु पदार्थ सहित युवक पक्राउ

Jail-Sentence-copy

गान्तोक। प्रतिवन्धित नशालु पदार्थ सहित पुलिसले एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी पश्चिम बंगालस्थित सिङला निवासी मन्दीप मुखियाकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीबाट पुलिसले १३९८ वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल, १० बोतल कफ सिरप र नगद ७५५० रूपियाँ फेला पारेको छ। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

About Author

Advertisement