राज्यपालले तीज पर्वको शुभ अवसरमा राज्यवासीहरू, विशेष रूपमा महिलाहरूमा हार्दिक शुभकामना व्यक्त गरे

photocollage_202482002358511

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले तीज पर्वको शुभ अवसरमा राज्यवासीहरू, विशेष रूपमा महिलाहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, तीजको पावन पर्व नारी सशक्तिकरण र त्यागको प्रतीक हो र हाम्रो समृद्ध सांस्कृतिक परम्पराहरूको महत्वपूर्ण हिस्सा हो।
हाम्रो समाजमा महिलाहरूको अमूल्य योगदानलाई सम्मानित गर्ने अवसर पनि प्रदान गर्दछ। आफ्नो परिवारको खुशी र पतिको लामो आयु र समृद्धिको कामनाको प्रतीक यो पर्व केवल धार्मिक आस्थासॅंग जोडिएको छैन, तर आपसी प्रेम, सद्भावना र सामाजिक एकतालाई पनि बढावा दिॅंदछ।
राज्यपालले अझ भनेका छन्, हाम्रो ​राज्य सिक्किमको मातृशक्तिले पारिवारिक दायित्वहरूको सफलतापूर्वक निर्वहनका साथै राज्यको सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। आज महिलाहरूले हरेक क्षेत्रमा ​अद्वितीय कार्य गरिरहेका छन्, जसले हाम्रो राज्यको प्रगतिलाई नयॉं उचाईसम्म लिएर गइरहेको छ। उनीहरूको अथक परिश्रम, समर्पण र नेतृत्व क्षमताले हाम्रो समाजलाई बलियो बनाउन र समृद्ध बनाउनमा महत्वपूर्ण योगदन दिएको छ।
राज्यपालले यस अवसरमा सबै सम्मानित नागरिकहरूलाई आफ्नो परम्पराहरू र सांस्कृतिक विरासत कायम राख्दै अन्यहरूका संस्कृतिको सम्मान गर्न तथा भावी पीढीलाई पनि यससॅंग जोड्न आह्वान गरेका छन्। भगवान शिव र देवी पार्वतीको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति र समृद्धि कायम रहोस् भनी उनले कामना पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement