मुख्यमन्त्रीले हरितालिका तीजको शुभ अवसरमा राज्यवासीहरू, विशेषगरि महिलाहरूमा हार्दिक शुभकामना व्यक्त गरे

photocollage_202482323534148

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ हरितालिका तीजको शुभ अवसरमा राज्यवासीहरू, विशेषगरि महिलाहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा भनेका छन्, हरितालिका तीजले छोरीहरू र उनीहरूका माइत घरबीच मात्र नभएर उनीहरू साथीहरू र आफन्तहरूबीच पनि सम्बन्धलाई बलियो बनाउॅंछ।
यस उत्सवले समृद्ध समाज र साम्प्रदायिक सद्भावलाई बढावा दिॅंदै सबै महिलालाई अगाडि बढ्न प्रेरित गरुन् भनी मुख्यमन्त्रीले कामना गरेका छन्।
उनले अझ भनेका छन्, यो उत्सवले एकजुट बन्ने, महिला सशक्तिकरणलाई बढावा दिने र सामाजिक सद्भावलाई बढावा दिने अवसर प्रदान गर्दछ। भगवान शिव र माता पार्वतीले सबैलाई खुशी, शान्ति, सकारात्मकता र सुस्वास्थ्यको आशीर्वाद प्रदान गरुन् भनी मुख्यमन्त्रीले प्रार्थना पनि गरेका छन्।

About Author

Advertisement