दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा हर्सिंग फूटबल क्लबले एकतर्फी जीत हासिल गऱ्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगअन्तर्गत बुधवार खेलिएको अन्तिम म्याचमा हर्सिंग फूटबल क्लबले भारतीय खेल प्राधिकरण (साइ)-विरुद्ध ८-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट प्रशित राई एक्लैले 4 गोल गरे। उनले ३५औं, ४०औं, ४२औं र ४५औं मिनटमा गोल गरे। यसबाहेक एल्विन गुरुङले १५औं र ४८औं मिनटमा २ गोल गरे। रहल २ वटा गोल अभय थापा (५३औं मिनट) र प्रजल तामाङ (६७औं मिनट)-ले गरे। यस म्याचको साथ प्रीमियर डीविजन लीगको ग्रुप चरणको म्याचहरू समाप्त भयो। अब फाइनल म्याचमा संकटा फूटबल क्लब र दार्जीलिङ डायनामोबीच भिड़न्त हुनेछ। फाइनलको तारिखहरू चाँड़ै घोषणा गरिनेछ। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।









