गान्तोक: राजधानीको मर्डन सिनियर सेकेन्डरी स्कूलकी स्नातक शिक्षक (कला) याङ्किला लामा प्रतिष्ठित राष्ट्रिय शिक्षक पुरस्कार २०२४ ले अभिनन्दित बनेकी छन्। शिक्षक लामालाई आज नयॉं दिल्लीमा आयोजित राष्ट्रिय शिक्षक दिवस समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूको बाहुलीद्वारा अभिनन्दित गरियो।
मुख्यमन्त्री प्रेमसिंह तामाङले याङ्किला लामालाई प्रतिष्ठित राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित बनेकोमा हार्दिक बधाई दिएका छन्। मुख्मन्त्रीले भनेका छन्, शिक्षा र राष्ट्र निर्माणमा तपाईंको असाधारण योगदान साँच्चै सराहनीय छ। आफ्नो समर्पण र शिक्षणप्रति जोश मार्फत युवा मस्तिष्कहरूलाई प्रेरणा र आकार दिन जारी राख्न आह्वान गर्दै मुख्यमन्त्रीले उनका सबै प्रयासहरूमा सफलताको कामना गरेका छन्।