राजधानीस्थित मनन केन्द्रमा आज राज्यस्तरीय शिक्षक दिवस पालन

n62968486317255559823836eac72cd1be0ded4e3219a5ccac9e3f35a75dacd0c46ec4891f8eeb79e86ea06

गान्तोक: राजधानीस्थित मनन केन्द्रमा आज राज्यस्तरीय शिक्षक दिवस पालन गरियो। कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए भने उनकी धर्मपत्नी कृष्णा कुमारी राई विशिष्ट अतिथिको रुपमा उपस्थित थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मुख्यमन्त्री तामाङले आज सम्मानित समस्त शिक्षकहरुलाई बधाई दिए। उनले डा. सर्वपल्ली राधाकृषणनको जीवनीमाथि प्रकाश पार्दै उनको जीवनबाट प्रेरणा लिन आह्वान गरे। उनले आजकै दिन राजधानी दिल्लीम राष्ट्रिय शिक्षक पुरस्कारले सम्मान हुन लागिरहेकी मोडर्न स्कूलकी शिक्षक याङ्किला शेर्पालाई बधाई दिए। एक शिक्षकले उच्च अहोदामा पुग्न धेरे परिश्रम गर्नुपर्छ, त्यस कारण शिक्षकहरुको सम्मान हुनुपर्ने उनले मन्तव्य पोखे।
एसकेएम पार्टीले सरकार गठन गर्न साथै शिक्षाको क्षेत्रमा विकास र सुधारको काम तुरन्तै शुरु गरेको र आजसम्म पनि गरिरहेको उनले बताए। कोभिडको समयमा अन्य राज्यहरु सरह सिक्किमका मानिसहरुले पीडा भोग्न नपरेको बताउँदै त्यो संकटकालीन समयमा पनि शिक्षकहरुलाई न्याय दिलाउन सरकारले हर सम्भव कोशिश गरेको किटान गरे।
मुख्यमन्त्रीले शिक्षकहरुले ५ सेप्टेम्बरमा मात्र होइन तर प्रत्येक दिन सम्मान पाउनु पर्ने मन्तव्य पोखे। सरकार आउनअघि सिक्किमको शिक्षा प्रणाली सही ट्रयाकमा थिएन, तर वर्तमान सरकारले यसलाई सही मार्गमा ढोहोऱ्याउन लागपरेको उनले बताए। सिक्किमलाई सुनौलो र समृद्ध बनाउन शिक्षा प्रणालीमा सुधार ल्याउन आवश्यक रहेको पनि उनले बताए। सरकारद्वारा प्रदान गरिने राज्य पुरस्कारमा कुनै कोटा नरहेको स्पष्ट गर्दै उनले कुनै धर्म र जातलाई नहेरी सही व्यक्तिलाई पुरस्कार प्रदान गर्ने गरेको बताए। उनले एसकेएम पार्टी सत्तामा आएपछि शिक्षाको क्षेत्रहरुमा धेरै पूर्वाधारहरु निर्माण गरिसकेको बताउँदै विश्वस्तरीय शैक्षिक संस्थानका पूर्वाधारहरुको निर्माण कार्य भइरहेको छ भने।
उनले राज्यमा राज्यस्तरीय मोडल स्कूलको निर्माण गरिने साथै राष्ट्र स्तरको मेडिकल कलेज पनि बनाउने योजना रहेको अवगत गराए। उक्त योजनालाई कार्यान्वयन गर्नको निम्ति यसपालीको बजेटमा धनराशि पनि आवन्टन गरिसकेको उनले जानकारी गराए। सिक्किमलाई भारतको एजुकेशन हब बनाउने सरकारको योजना रहेको पनि उनले जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement