गान्तोक: राज्यस्तरीय समन्वय समितिको सातौँ सभा आज टाशीलिङ सचिवालयमा राज्यका मुख्य सचिव भीबी पाठकको अध्यक्षतामा सम्पन्न भयो। रिजर्ब व्याङ्क अफ् इण्डियाको पहलमा आयोजित सभामा आऱबीआइका क्षेत्रिय निर्देशक एम जामाङ लगायत विभिन्न विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।सभालाई सम्बोधन गर्दै आरबीआइका क्षेत्रिय निर्देशक एम. जामाङले फोरमको महत्त्वलाई जोड दिँदै नियमित सभाहरू आयोजना हुनुपर्ने विषयमाथि जोड दिए। उनले यस बैठकले विगतदेखि दुई वर्षको अन्तरालमा महत्वपूर्ण रहेको बताए। क्षेत्रीय निर्देशकले साइबर जालसाजी विरुद्ध सुरक्षा बढाउन वित्तीय साक्षरता सचेतना अभियान शुरू गर्नुपर्ने विषयमा जोड दिए। यसबाहेक, उनले सिक्किम राज्यमा साइबर धोखाधडीका घटनाहरूको उल्लेखनीयरूपमा कम गराउनको निम्ति सरकारद्वारा शुरू गरिएको विभिन्न पहलहरूको प्रशंसा गरे। उनले थप जानकारी गराए अनुसार गत वर्षको २३ मईमा सम्पन्न बैठकमा कार्यविवरण समितिमा अनुमोदनका लागि पेश गरिएको थियो र छलफलपछि पुष्टि गरिएको थियो।
सोही प्रकारले राज्यका मुख्य सचिवले अनैतिक निकायले अनाधिकृत रुपमा निक्षेप संकलन गर्न नदिन नागरिकमा सचेतना अभिवृद्धि गर्नु वर्तमान समयमा समय सापेक्ष रहेको बताए।फलस्वरूप, उनले भारतीय रिजर्व बैंक (आरबीआई), राज्य सरकार, भारतीय धितो र विनिमय बोर्ड (सेबी) र कम्पनी रजिस्ट्रार (आरओसी) लाई प्रभावकारी रूपमा जानकारी फैलाउन र आम जनतामा जागरूता ल्याउन अपील गरे।








