आपदा प्रबन्धन जागरुकतामाथि जिल्ला प्रशासन गम्भीर

IMG-20240905-WA0287

मंगन: मंगन जिल्ला प्रशासनले राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरण र भूमि राजस्व तथा आपदा प्रबन्धन विभागसँगको सहकार्यमा मोकड्रिल अभियान सञ्चालन गर्ने तयारी गरेको छ। प्राधिकरणले राज्यका सबै जिल्लामा यस प्रकारको कार्यक्रम आयोजन गर्न जनजागरुकता कार्यक्रम सन्चालन गर्न निर्देश गरेको छ। यसअन्तर्गत उत्तर जिल्लामा पनि अभियानलाई रफ्तार दिइने भएको छ। उक्त जानकारी जिल्लापाल अनन्त जैनले आज मंगनमा आयोजित एक बैठकमा दिए। आगामी १२ सेप्टेम्बरमा जिल्लाका सात स्थानमा मोकड्रिल आयोजन हुनेछ। उक्त कार्यक्रममा भूकम्प आपदास्थितिमा पूर्वतयारीको समीक्षी गर्ने निर्णय गरेको छ। आजको बैठकले निर्धारण गरेको स्थानहरुमा काबी ग्राम विकास कार्यालय. मंगन नगर पञ्चायत कार्यालय. मंगन जिल्ला अस्पताल. सिङ्हिक सिनियर सेकेन्डरी स्कूल. शिपगेयर. चुङथाङ अस्पताल. लाचुङ बजार सामेल छन्। बैठकमा जिल्लापालले प्रत्येक स्थानमा मोकड्रिल आयोजन गरेर जागरुकता गराउनुपर्ने कुरामा जोड़ दिए। उनले सरोकारवालाहरुको भूमिकाबारे उल्लेख गर्दै यसमाथि जिल्लाको तयारीको पनि समीक्षा गरे। बैठकमा उपस्थित सम्बन्धित विभागका अधिकारीहरुले सुझाउ र विचार राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement