गान्तोक: नामलाई लिएर विवाद अनि केही दिनको स्थगन पछि सिक्किम फूटबल एसोसिएशनको ए डिभिजन एस लीग आजदेखि यहाँको पाल्जोर स्टेडियममा आरम्भ भयो। आज पहिलो दिन दुईवटा म्याच सम्पन्न भयो। पहिलो म्याच सिक्किम पुलिस एफटी र हौलर्स एससी माझ खेलिएको थियो जसमा सिक्किम पुलिस एफटी १ को विरुद्ध ५ गोलले विजयी बन्यो।
दोस्रो म्याच साङ्ग मस्ट्याङ र सिक्किम बोइस एससी बीच खेलिएको थियो जुन बराबरीमा समापन भयो। दुवै दलले एक-एक गोल गरे। भोलि दुईवटा म्याच खेलिनेछ। पहिलो म्याच गान्तोक हिमालयन एससी र ब्रदरहुड एससी बीच खेलिने छ भने दोस्रो म्याच आक्रमण एफसी र कुमार स्पोर्टिङ बीच खेलिनेछ।