बगान चलाउने इच्छा छैन भने सम्झौता फिर्ता गर : डीके गुरूङ
दार्जिलिङ: कलेज भ्याली चिया बगानको मालिकलाई बगान चलाउने इच्छा छैन भने छोड्दा हुन्छ भनी हाम्रो पार्टीको ट्रेड युनियन केन्द्रीय अध्यक्ष डी टके गुरूङले बताएका छन्। उनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, ‘गत वर्ष डीएलसीले कलेज भ्याली चिया बगान आइफर्म कम्पनीले चलाउनेछ भन्ने एक सम्झौता गरेका थिए। त्यस अवधि डीएलसीले आइफर्म कम्पनी कलेज भ्याली चिया बगानको निम्ति उपयुक्त कम्पनी रहेको बताउँदै कम्पनीको भावी योजनाहरू समेत हामीलाई बताएका थिए अनि यो कम्पनी सरकारले नै ल्याएको हो भन्ने हामीलाई बताएका थिए।डीएलसीले पहाडको सबै श्रमिक संगठनहरूलाई भरोसा दिलाउँदै १९ अप्रेलको दिन कलेज भ्याली चिया बगानमाथि एक सम्झौता भएको थियो अनि ४ मईको दिन पूजा पाठ गरेर कलेज भ्याली चिया बगानको पुनः सञ्चालन भएको थियो। सम्झौता श्रमिकहरूको थाँतीमा रहेको रोज, वेतन,पीएफ आदि जस्ता थाँतीमा रहेका विषयहरू सबै अगस्त महिनाभित्र चुक्ता गर्ने अनि सेप्टेम्बर महिनाको पहिलो सप्ताहमा डीएलसीमा पुनः बैठक गर्ने सम्झौता भएको छ।’
गुरुङले अघि भने, “कलेज भ्याली चिया बगान सञ्चालनको शुरूवातमा श्रमिकहरूको रोज र स्टाफहरूको वेतन दिएर बगान संचालन गर्ने पनि सम्झौतामा सहमति भएको थियो अनि मालिकले दिए तर त्यहाँदेखि यता श्रमिकहरूले पाउनु पर्ने थाँतीमा रहेका रोज अनि वेतनहरू पाएका छैनन यहाँसम्म की मालिकले आजसम्म बगानमा चिया पत्ती टिपाउने कार्य गरेको छैन। बगानमा पलाएको चिया पत्तीहरूको भिडियो गरेर हामीले मालिक अनि डीएलसीलाई पनि पठायौ तर पनि यसबारे कूनै चासो देखाएनन्। कलेज भ्याली चिया बगानमा ग्यासद्वारा चिया तयार गर्ने कार्य हुन्छ तर मालिक पक्षले ग्यासको ब्यवस्था समेत गर्न सकेनन्। त्यसपछि श्रमिकहरूको रोज र वेतनहरू विलम्ब गर्ने कार्यहरू भयो। मालिकको झूठो आश्वासन बारे पहाडको सबै श्रमिक संगठनको नेतृत्वहरूलाई थाहा छ।’
उनले अझ भने, ‘गत केही महिना अघि बगानको सबै स्टाफ सप स्टाफ एंव श्रमिकहरूले यो मालिकले बगान चलाउन सक्दैन भनेर डीएलसीलाई एक सामुहिक पत्र पठाएका थिए।डीएलसीले स्टाफ सप स्टाफ अनि श्रमिकहरूलाई मालिक भेट्न आउने सूचना दिएका थिए अनि मालिक भेट्न आए पनि।त्यस समय मालिकले थाँतीमा रहेको रोज, वेतनदेखि सबै मिलाएर जम्मा ३१ लाख रूपियाँ भएको थियो अनि उनले त्यो राशि अगस्त महिनाको दोस्रो सप्ताहभित्र दिने वचन दिएका थिए। मालिक गएको भोलिपल्ट नै ९ लाख २० हजार रूपियाँ एकाउण्डमा जम्मा गरी दिए। बाँकी पैसा भोलि हाल्छु, फर्सी हाल्छु भन्दै अन्तमा ३१ अगस्तभित्रमा हाल्ने वाचा गरेको थियो तर आज ५ सेप्टेम्बर भई सक्दा पनि अतो पतो छैन।’
उनले भनेका छन् -‘हामीले डीएलसीलाई भन्दै आईरहेका छौं मालिकलाई बगान चलाउने इच्छा छैन भने फिर्ता लिन्दा हुन्छ। दशैं आउँदैछ। श्रमिकहरूले रोज वेतन नै पाएको छैन। पूजा बोनस के हुन्छ भन्ने हामीलाई चिन्ता छ।”