तीनधारे महानदी समष्टी स्तरीय हरिप्रसाद छेत्री स्मारक क्यारम बोर्ड प्रतियोगिता शुरु

IMG-20240905-WA0259

खरसाङ: तीनधारेमा तीनधारे महानदी समष्टि स्तरीय राष्ट्रिय शिक्षक पुरस्कार प्रापक हरिप्रसाद छेत्री स्मारक क्यारम बोर्ड प्रतियोगिता शुरु भएको छ। तीनधारे वरिष्ठ नागरिक कल्याण संगठनको आयोजनामा तीनधारेको होटल गैरीस्थित संगठनको भवनमा उक्त क्यारम बोर्ड प्रतियोगिता शुरु भएको छ। यस तीनधारे महानदी समष्टी स्तरीय क्यारम बोर्ड प्रतियोगिताको उदघाटन मुख्य अतिथिको रुपमा उपस्थित तीनधरे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट गरिएको छ। यस अन्तर्गत सभासद नवराज छेत्री र विशिष्ट अतिथि कर्माध्यक्ष साजन दर्जीमाझ खेल खेलेर प्रतियोगिताको उदघाटन गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै सभासद नवराज छेत्रीले संगठनलाई नयाँ क्यारम बोर्ड प्रदान गरेका छन् जसलाई संगठनको सदस्य गणेशबहादुर छेत्रीले खेलेर उदघाटन गरेका थिए। यस टुर्नामेन्टमा संगठनको सभापति डीडी लामा लगायत वरिष्ठ सदस्यहरू क्रमैले जेबी गुरुङ, बीबी गुरुङ, सचिव पूर्ण मास्के, देवराज पराजुली, जेपी गुप्ता, गौतम मोक्तान, जीआर राणा पीबी सार्की, तुलबहादुर छेत्री, शंकर प्रधान किशोर सुन्दास पनि उपस्थित रहेका थिए। उदघाटन खेलको कार्यक्रमलाई सचिव सुरेशचन्द्र दर्नालले सञ्चालन गरेका थिए। यस अवसरमा ये क्यारम बोर्ड प्रतियोगिता हरिप्रसाद छेत्रीको स्मरणमा किन खेलाइयो भन्ने विषयमा सचिव पूर्ण मास्केले विस्तृत जानकारी गराउँदै हरिप्रसाद छेत्रीको जीवनी र योगदान विषयमा वक्तव्य राखेका थिए। यस अवसरमा प्रमुख अतिथि सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको आयोजनामा यस वर्षदेखि क्यारम प्रतियोगिता शुरु भएको छ र यसले युवाहरूलाई कुलतबाट जोगाउन सहयोग गर्ने साथै खेलहरूप्रति रूचि बढ्ने बताएका छन्। उनले यो प्रतियोगिता वार्षिक आयोजना गरिदिने सुझाव राख्दै आफ्नो तर्फबाट सहयोग रहने बताएका छन्।

यस प्रतियोगिताको प्रथम खेल अन्तर्गत युगलमा नरनाथ ब्राह्मण र साथी बनाम बिमल दर्जी र साथी रहेको थियो। यसमा नरनाथ र साथीले जीत हाँसिल गरेका छन्। यस प्रतियोगितामा २४ जोडीले भाग लिएका थिए। यस अन्तर्गत प्रथम चरणको खेल ४ सेप्टेम्बरमा समाप्त भएको छ भने एकल खेल आगामी ९ सेप्टेम्बरदेखि शुरु हुने भएको छ। यस क्यारम प्रतियोगिताको फाईनल खेल आगामी २ अक्टोबरको दिन आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। यस क्यारम प्रतियोगितामा निर्णायकको रुपमा देवराज पराजुली, जेबी गुरुङ, धर्मराज राणा, किशोर सुन्दास र साथीहरू रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement