चितुवाको आक्रमणबात चिया मजदुर घाइते

IMG-20240905-WA0232

जलपाईगढी: मालबजार डिभिजनको नगरकाटा ब्लकको चेंगामारी चिया बगानमा काम गर्ने क्रममा बाघको आक्रमणबाट एक महिला चिया मजदुर घाइते भएकी छिन्। चेंगामारी चिया बगान मेन लाइन निवासी कलावती हस्दा अन्य मजदुरसँगै बगानमा काम गरिरहेकी थिइन्।  त्यही क्रममा चिया बगानको झाडीबाट अचानक चितुवा निस्केर खुट्टा समातेर टोक्यो। उनको चिच्याहट सुनेर नजिकैका कामदारहरु दौडिए।  मानिसहरु आफूतिर आउँदै गरेको देखेर चितुवाले उनलाई छोडेर भाग्यो। त्यसपछि कामदारले उनलाई उद्धार गरी नगरकाटा सुल्कापाडा ग्रामीण अस्पताल पुर्याए। हाल उनको त्यहीँ उपचार भइरहेको छ। चिया बगानमा कहिलेकाहीं चितुवा देखिने कामदारहरूको भनाइ छ। बगानमा तुरुन्तै चितुवाको समात्न राख्नुपर्छ भन्ने उनीहरूको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement