युगाण्डाकी ओलम्पियन रेबेटाको मृत्यु, प्रेमीले आगो लगाइदिएको आरोप

00-1-Rebeto

युगाण्डाकी ओलम्पिक खेलाडी रेबेटा चेप्टेगीको मृत्यु भएको छ। सञ्चारमाध्यमको समाचार अनुसार उनका प्रेमीले पेट्रोल खन्याएर आगो लगाइदिएपछि उनको मृत्यु भएको हो। ३३ वर्षीय म्याराथन धावक हालै सम्पन्न पेरिस ओलम्पिक खेलकुदमा सहभागी भएकी थिइन्। आइतबारको हमलामा उनी ७५ प्रतिशत जलेको र उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ। केन्यामा बस्ने रेबेटालाई चर्चबाट फर्किंदै गर्दा आक्रमण भएको थियो। रेबेका उत्तरपश्चिमी केन्यामा बसेर प्रशिक्षण लिइरहेकी थिइन्। स्थानीय प्रशासनले दर्ता गरेको मुद्दामा खेलाडी र उनका प्रेमीबीच जग्गा विवाद चलिरहेको आरोप लागेको छ। यस विषयमा पुलिसले अनुसन्धान गरिरहेको बताइएको छ। युगान्डा एथलेटिक्स फेडरेसनले लेखेको छ, ‘आज बिहान हाम्रा एथलिट मध्ये एक रेबेका चेप्टेगीको मृत्यु भएको घोषणा गर्नु अत्यन्तै दुःखको कुरा हो। उनी घरेलु हिंसाको शिकार भइन्। हामी त्यस्ता कार्यको भर्त्सना गर्दछौं र न्यायको माग गर्दछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement