नाम्चीस्थित सुन्तलेमा ८ वटा एसजेवाइए घरको उदघाटन

IMG-20220820-WA0192.jpg

गान्तोक: सोरेङ जिल्ला अन्तर्गत दरमदिन निर्वाचन क्षेत्रमा आज सिक्किम गरीब आवास योजनाअन्तर्गत विभिन्न ग्राम पञ्चायत यूनिटमा निर्माण गरिएको आठवटा घरको उदघाटन गरियो। उक्त घरको उदघाटन अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेम कुमार सुब्बाले गरेका हुन्। अध्यक्ष सुब्बाले उदघाटन पछि लाभार्थीहरूलाई नयाँ घर पाउन सकेकोमा बधाई साथै शुभकामना दिएका छन्। उनले आफ्नो छोटो सम्बोधनमा मुख्यमन्त्री प्रेम सिंह तामाङको कुशल नेतृत्वमा राज्यका गरीबवर्गले पनि राम्रो घरमा बस्ने अवसर प्राप्त गर्न सकेको जानकारी गराए।

यी घरहरू विशेष गरेर आर्थिकरूपमा कमजोरवर्गको निम्ति रहेको अवगत गराए। उल्लेखनीय छ, राज्य सरकारले वर्ष २०२० देखि राज्यका मानिसहरूले पनि राम्रो घरमा बस्न पाउनु पर्छ भन्ने सोंच राखेर सिक्किम गरीब आवास योजना शुरू गरेको हो। यस योजना अन्तर्गत पहिलो चरणमा राज्यभरि ३०५० वटा घरहरू बनाउने लक्ष्य राखेको छ। यस घरको कूल लागत 17 लाख रहेको छ भने घरभित्र चाहिने आवश्यक सामग्री पनि सरकारद्वारा नै उपलब्ध गराउँदै आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement