मुख्यमन्त्रीले गरे पारखा गुम्बा समितिका प्रतिनिधिहरूसँग भेट

IMG-20220820-WA0194.jpg

गान्तोक: पाकिम जिल्ला अन्तर्गत पारखाको सबै भन्दा पुरानो गुम्बाका प्रतिनिधिहरूले आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। उक्त टोलीको नेतृत्व खान्ड्रोला पेमा गुम्बा समितिका अध्यक्ष थडता बहादुर गुरूङ र सल्लाहकार केबी गुरूङले गरेका थिए। भेटको क्रममा समितिले छोप्छा छोइलिङ गुम्बाको मरम्त र सुन्दरीकरण गर्नको निम्ति मुख्यमन्त्रीसमक्ष ज्ञापन चढाए। यस अवसरमा मुख्यमन्त्रीले तत्कालनै पहिलो चरणको निम्ति केही धनराशी प्रदान गरे भने रहल राशि पनि शीघ्र प्रदान गर्ने उनले आश्वासन दिएका छन्। यसरी तत्काल मुख्यमन्त्रीले गुम्बाको मरम्त र सुन्दरीकरणको निम्ति धनराशि उपलब्ध गराएकोमा गुम्बा समितिका प्रतिनिधिहरूले मुख्यमन्त्रीलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement