राजगञ्ज ग्रामीण अस्पतालमा पुलिस क्याम्पको उद्घाटन

cc6027e7-f5ae-4917-b8fe-99a4d1bc0cde-1024x576

राजगञ्ज: राजगञ्ज ग्रामीण अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीको सुरक्षाका लागि पुलिस क्याम्पको उद्घाटन गरिएको छ। पुलिस क्याम्पको आज जिल्ला पुलिस उपरीक्षक उमेश गणपत खाँडबहाले र राजगञ्ज ग्रामीण अस्पतालको बिरामी कल्याण समितिका अध्यक्ष तथा राजगञ्जका विधायक खगेश्वर रायले उद्घाटन गरेका हुन्। उक्त पुलिस क्याम्पमा सँधै पुलिस तैनाथ हुने बताइएको छ। जसमा एएसआई दर्जाका पुलिस अधिकृत, पुलिस अधिकृत, हवल्दार र नागरिक स्वयंसेवक रहनेछन्। राजगञ्ज ग्रामीण अस्पतालमा ४५ बेडको विभाग छ। डाक्टरको संख्या १० जना छ। यहाँ दैनिक ५ सय बिरामी आउने गरेका छन्। अस्पतालदेखि राजगञ्ज पुलिस थानाको दूरी करिब केही किलोमिटर छ। जसका कारण कुनै समस्या परेमा पुलिसलाई अस्पताल पुग्न निकै समय लाग्छ। यो पुलिस क्याम्प खुलेसँगै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले सुरक्षित महसुस गर्नेछन्। यस सम्बन्धमा जिल्ला पुलिस उपरीक्षक उमेश गणपत खाँदबहालेले यो पुलिस क्याम्प राजगञ्ज ग्रामीण अस्पतालमा मात्र नभएर जिल्लाका अन्य ग्रामीण अस्पताल, सदर अस्पताल, जिल्ला अस्पताल र सुपर स्पेशलिटी अस्पतालमा समेत क्याम्प रहने बताए। सुरक्षाका लागि पुलिस क्याम्पमा सँधै पुलिस तैनाथ हुनेछन्। यस क्रममा राजगञ्ज ग्रामीण अस्पतालको रोगी कल्याण समितिका अध्यक्ष तथा राजगंज विधायक खगेश्वर राय, सीएमओएच असीम हलदर, ब्लक हेल्थ अफिसर राहुल राय, राजगञ्ज पुलिस स्टेशनका आईसी अनुपम मजुमदार र अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement