शिक्षक दिवसको महत्त्व

00-1-Teacher-copy

शिक्षक दिवस हरेक वर्ष ५ सेप्टेम्बरमा मनाइन्छ। यो दिन शिक्षकहरूलाई सम्मान गर्ने र उनीहरूको महत्त्वपूर्ण योगदानको कदर गर्ने विशेष अवसर हो। शिक्षकहरू जीवनका पथप्रदर्शक हुन् जसले शिक्षा मात्र होइन जीवनका मूल्यहरूबारे पनि परिचय गराउँछन्। शिक्षक दिवसको महत्त्व शिक्षामा मात्र सीमित छैनl यसले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई पनि मजबुत बनाउँछ। शिक्षकहरूले बालबालिकालाई जीवनका विभिन्न पक्षहरू देखाउँछन् र उनीहरूलाई जिम्मेवार नागरिक बन्न प्रेरित गर्छन्। यो दिवस मनाएर हामी समाजमा उउनीहरूको योगदानको कदर गरिन्छ अनि उनीहरूप्रति कृतज्ञता जनाउँदछ।

शिक्षक दिवस भारतका दोस्रो राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनको जन्मदिनको रूपमा मनाइन्छ। डा. राधाकृष्णन एक महान शिक्षक, दार्शनिक र विद्वान थिए, जसले शिक्षाको क्षेत्रमा अमूल्य योगदान दिए। उनले आफ्नो जन्मदिनलाई शिक्षक दिवसका रूपमा मनाउन आफ्ना विद्यार्थी र शिक्षकहरूलाई यस दिनलाई सबै शिक्षकहरूलाई समर्पित गर्न आग्रह गरेका थिए। शिक्षकहरूले विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञान मात्र दिँदैनन्, उनीहरूलाई नैतिकता, अनुशासन र मानवीय मूल्यहरू पनि सिकाउँछन्। उनीहरू जीवनमा मार्गदर्शक, संरक्षक र प्रेरणाको स्रोत हुन्, जसले सही दिशामा अघि बढ्न प्रेरणा दिन्छ। शिक्षकहरूले शिक्षा मात्र दिँदैनन्, जीवनको वास्तविक पाठ पनि सिकाउँछन्।

समाज निर्माणमा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ। उनीहरूले देशको भविष्य अर्थात् बालबालिकालाई सही दिशामा डोर्याउँछन्। शिक्षकहरूले विद्यार्थीहरूलाई उनीहरूको लक्ष्यहरू प्राप्त गर्न र आत्म-विश्वास, अनुशासन, र आत्मनिर्भरता विकास गर्न मद्दत गर्छन्। शिक्षक दिवसको अवसरमा विद्यालय तथा कलेजमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। विद्यार्थीहरूले आफ्ना शिक्षकहरूलाई सम्मान गर्न र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्छन्। यस दिन विद्यार्थीहरूले शिक्षकहरूलाई उपहार दिएर, भाषण दिएर र धन्यवाद पत्र लेखेर सम्मान गर्छन्। शिक्षक दिवस केवल एक दिन होइन, यो शिक्षकहरूप्रति कृतज्ञता व्यक्त गर्ने दिन हो। शिक्षकहरूप्रति सधैं आदर र सम्मान गर्नुपर्छ र उनीहरूको योगदानको कदर गर्नुपर्छ। शिक्षा एउटा यस्तो अमूल्य उपहार हो जसले हामीलाई जीवनमा अगाडि बढ्ने बाटो देखाउँछ, र यसका लागि शिक्षकहरू सधैं सम्मानको योग्य छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement